• जेष्ठ १ २०८३, शुक्रबार

राष्ट्रिय सभाको बैठक बस्दै

असार १३ २०७९, सोमबार

काठमाडौँ। संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।

बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालयका विभिन्न विषयबस्तु बारेमा छलफलका क्रममा उठेका विषयको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै खानेपानी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफलका क्रममा उठेका विषयको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ ।