• बैशाख २३ २०८३, बुधबार

जसपा निकट प्रगतिशील नेपाली समाजको भारतमा २१ सदस्यीय कार्यसमितिको गठन

असार १२ २०७९, आईतवार

काठमाडौं । जसपा निकट प्रगतिशील नेपाली समाज समिति भारत महारास्ट्र राज्यको नाशिक जिल्लामा केन्द्रिय महिला आध्यक्ष दुर्गा ददेलको प्रमुख आतिथ्यमा बसेको बैठकमा राम प्रसाद सापकोटाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको गठन गरेको छ।

उक्त कार्यक्रममा प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रिय उप- महासचीव तिलक बि क केन्द्रीय महिला उपाध्यक्ष तुलसी बि क महारास्ट्र राज्य समिति सदस्य कृष्ण बहादुर बुढा राज्य समिति सदस्य अनु बि सि लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । नाशिक जिल्लाको नयाँ कार्य समिति यस प्रकार रहेको छ।

अध्यक्षमा राम प्रसाद सापकोटा ,उपाध्यक्षमा राजु सुनार र लोकेन्द्र परियार हुनुहुन्छ भने जिल्लाको सल्लाहकारमा चित्र बहादुर परियार हुनुहुन्छ।तेसै गरि जिल्ला ईन्चार्जमा करण परियार रहनु भएको छ भने सचिबमा निर्मल वली,सहसचिवमा धनराज परियार, कोषाध्यक्षमा हरि ददेल,सह कोषाध्यक्षमा नरेन्द्र राणा हुनुहुन्छ।

त्यसैगरी सदस्य हरुमा मोतीलाल सुनार,जनक बुढा,बिनोद बि क,दिप बहादुर बि क, कमला वली, तेज बहादुर डाङ्गी,कल्पना सुनार,रबि बि क,हिरा लाल सुनार घनश्याम बस्नेत,दिपक बि क,पुर्ण परियार लगायतका ब्यक्तिहरु रहनु भएको छ।

यतिखेर प्रगतिशीलले भारतभर संगठन विस्तारलाइ तिव्रता दिएको छ। प्रगतिशीलले आगामी अगष्ट १४ र १५ को केन्द्रीय विस्तारित बैठक बेंगुलोरमा बोलाएको छ ।