• बैशाख ३१ २०८३, बिहीबार

पूर्वाधार विकाससँगै नागरिकमा सुविधा,शान्ति र सुरक्षाको अवस्था सुदृढ हुन्छ : गृहमन्त्री खाँण

असार ११ २०७९, शनिबार

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले विकासको महत्त्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

गृहमन्त्री खाँणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताए।

पुलले बुद्ध सर्किट जोड्ने र चार नगरको भाइचारा सम्बन्ध स्थापना गर्न मद्दत पुर्‍याउने उल्लेख गर्दै उनले लुम्बिनीसँगै यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।