• बैशाख २३ २०८३, बुधबार

मन्त्री फेरबदलको मुद्दा पेचिलो बन्दै गएपछि एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

असार ११ २०७९, शनिबार

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

बबरमहलस्थित कार्की बैङ्कटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, जलवायु परिवर्तन, खाद्य सङ्कट र आर्थिक सङ्कटका विषयमासमेत छलफल गरिने तथा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरिने छ ।

त्यस्तै मन्त्री फेरबदलको विषय पेचिलो बन्दै गएपछि यसबारेमा छलफल हुने या नहुने भन्ने निश्चित नभएको एक नेतो बताए ।  पार्टीको प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी छलफल गरिने जानकारी दिए ।