• बैशाख २३ २०८३, बुधबार

मूल्यवृद्धिको विरोधमा बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

असार ९ २०७९, बिहीबार

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै विरोधमा उत्रिएका युवा संघ र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि बिहीबार साझ  झडप भएको हो ।

बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको युवा संघले  प्रदर्शनमा  ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए । झडपपछि त्यस क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।