• बैशाख ३१ २०८३, बिहीबार

पाँच वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

असार ९ २०७९, बिहीबार

बारा । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ती किशोरले घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।