• बैशाख ३१ २०८३, बिहीबार

न्यायाधीशसँगको ‘घुस डिल’ सार्वजनिक भएपछि वकिल पोखरेलले नेपाल बारको सदस्यता आफैले निलम्बन गरे

असार ८ २०७९, बुधबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग भएको १० करोड घुस डिल गर्ने अधिबक्ता रुद्र पोखरेलले बार काउन्सिलको सदस्यबाट आफैलाई निलम्बन गरेका छन् ।

अडियो सार्वजनिक भएपछि अधिबक्ता पोखरेलले आफू सो वार्तामा संलग्न नभएको प्रतिक्रिया दिएका छन् । पोखरेलले भनेका छन्, ‘हालै सार्वजनिक भएको अडियो क‍ो छानविन होस, यस किसिमको वार्तामा म संलग्न छैन । नेवाए र बार काउन्सिलबाट हुने यस प्रकरणको छानविनमा म उचित र प्रयाप्त सहयोग गर्न तयार छु ।’

‘हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु, पोखरेलले भने ‘कानून ब्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवि तथा परामर्शमा सहभागि नहुने गरी स्वयंलाई निलम्वन गरेको छु । म उपर भएको षड्यन्त्र उपर कानूनि उपचारको खोजिमा छु ।’

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप (बचत रकम) हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको थियो ।