काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन् । बुधबार दिउँसो १ बजे बस्नेगरि न्यायपरिषद्को बैठक बोलाइएको हो ।
काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाको एक विवादास्पद अडियो सार्वजनिक भएपछि बैठक बोलाइएको हो।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो । मंगलबार न्यूज २४ टेलिभिजनले अडियो सार्वजनिक गरेको हो।