• बैशाख ३१ २०८३, बिहीबार

विद्यार्थीमाथि दुर्व्यवहार गर्ने सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई थुनामा पठाउने आदेश

असार ७ २०७९, मंगलवार

काठमाडाैं ।  चाबहिलमा रहेकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपमा दुई शिक्षकलाई जिल्ला अदालत काठमाडाैंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो  ।

अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए अनुसार कलेजका विद्यार्थीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न लागिएको हो ।