• बैशाख ३१ २०८३, बिहीबार

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले अर्थमन्त्री शर्मा र उद्योगमन्त्री बडूको पुत्ला जलाए

असार ७ २०७९, मंगलवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोध गरेको छ ।

अध्यक्ष सुदेश पराजुली नेतृत्वको अखिलका विद्यार्थीले प्रदर्शनको क्रममा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’, ‘शेरे तेरो पाराले दु:ख पायो साराले’ जस्ता नारा लगाएका छन् ।

शंकरदेव क्याम्पसअगाडि गरिएको सो प्रदर्शनमा अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्लासमेत जलाएका छन् ।