काठमाडौं । जसपा निकट प्रगतिशील नेपाली समाज समिति भारत गोवा राज्य अन्तर्गत मंडगाँउ नगर भेला सम्पन्न गरेको छ।
राजेश योन्जनको अध्यक्षता प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय अध्यक्ष लोकेन्द्र सेर्पालीको विषेश उपस्थिति र प्रगतिशीलकै पुर्व केन्द्रीय कोषाध्यक्ष जिबन स्रिमल, पुर्व केन्द्रीय सचिव प्रेम सेर्पाली केन्द्रीय सदस्य गोवा राज्य समिति सचिव अर्जुन कार्कीको विशेष पहलमा भेला सम्पन्न भएको छ ।
भेलाले राजेश योन्जनलाई अध्यक्षमा चयन गरेको छ। अध्यक्ष राजेश योन्जन, उपाध्यक्ष खिम विसि संगित, उपाध्यक्ष राजेश कुमाल, सचिव, हर्केस भुसाल सह कोषाध्यक्ष ,वावुराम बस्याल कोषाध्यक्ष अनिल कुमाल, सदस्यहरुमा राजेश चन्द्र, बुद्ध तामाङ, नरेस योन्जन, कृष्ण नेपाली, र धनिला रहेका छन्।
भेलालाई केन्द्रीय अध्यक्ष लोकेन्द्र सेर्पाली, पुर्व केन्द्रीय सचिव प्रेम सेर्पाली, पुर्व केन्द्रीय कोषाध्यक्ष जिबन स्रिमल, केन्द्रीय सदस्य गोवा राज्य सचिव अर्जुन कार्की, गोवा राज्य बरिस्ठ सदस्य ओपेन्द्र शाहीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।
प्रगतिशीलले आगामी अगस्ट १४/ र १५ तारिखमा केन्द्रीय विस्तारित बैठक बेंगलुरमा गर्दै छ। यतिखेर भारतभरमा संगठन विस्तारमा तिव्रता दिएको छ।