• बैशाख ३१ २०८३, बिहीबार

दुई हजार अबैध क्रसरलाई बैध बनाउने गरी ल्याएको संसोधित मापदण्डविरुद्ध रिट

असार ७ २०७९, मंगलवार

काठमाडौँ । सरकारले क्रसर तथा खानी उत्खननका लागि सहज हुनेगरी गरेको मापदण्ड संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सरकारले गत जेठ ६ गते ढुङ्गा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ लाई संशोधन गर्दै वन, घनावस्ती र चुरेको छेउमा क्रसर उद्योग स्थापनाका लागि सहज बनाएको थियो।

उक्त संशोधनविरुद्ध अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाल र राकेशकुमार साहले सर्वोच्चमा रिट निवेदन दिएका हुन्। रिटमाथि बुधबार पहिलो पेशी तोकिएको अधिवक्ता श्रेष्ठले जानकारी दिए।

मापदण्डमा क्रसर चलाउन खोला, नदी, वन, घना वस्ती, पक्की पुल, राजमार्ग, ऐतिहासिक स्थल, तल तलैया, जलासय, निकुञ्ज, आरक्ष, अन्तर्राष्ट्रिय सीमा, शिक्षण संस्था, धार्मिक स्थलबाट र सुरक्षा निकायभन्दा टाढा रहनुपर्ने गरी यसअघि निर्धारण भएको दूरीलाई उल्लेख्य मात्रामा घटाइको छ। वन, जंगल फडानी वस्ती अतिक्रमण गर्नलाई सहयोग पुग्ने देखिन्छ।

त्यस्तै, तराईमा घनावस्तीबाट १ किलोमिटर र पहाडमा ५०० मिटर पर नदीजन्य पदार्थ निकाल्न पाउने व्यवस्थालाई संशोधन गरेर तराईमा राजमार्गको ५०० मिटर र पहाडमा २०० मिटर छाडेर क्रसर तथा खानी उद्योग चलाउन पाउने व्यवस्था गरिएको छ । लोकमार्गबाट ५०० मिटर पर हुनुपर्ने व्यवस्थालाई अहिले तराईमा यथावत राखी पहाडमा २०० मिटरमा झारिएको छ।

प्रसारण लाइनको पोलबाट हुनुपर्ने दूरी पनि सय मिटर र अन्तर्राष्ट्रिय सीमाबाट एक किलोमिटर कायम गरिएको छ।