काठमाडौं । सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी सरकारले नेपाल वायु सेवा निगमका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गरेको छ ।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायु सेवा निगम एन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने, सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज (मंगलवार) मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने ।
त्यसै गरी राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले कोहलपुर सुर्खेत १३२ केभि प्रशारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको भने संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एपीपी)लाई अघि नबढाउने निर्णय गरेको छ ।
हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णय :
