• बैशाख ३१ २०८३, बिहीबार

बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार, दुई जना पक्राउ

असार ६ २०७९, सोमबार

काठमाडौं ।  काठमाडौंको बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ ।

कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले चक्कु प्रहार गरेका हुन् ।

खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको ती युवकको आरोप छ । दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा उनले आफै ठाडो निवेदन दिएका थिए ।