• मंसिर १३ २०८१, बिहीबार

आइएमईले यी ५ क्षेत्रमा दिने भयो १५ प्रतिशत छुट

असार ६ २०७९, सोमबार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादेश्रेष्ठ र  STEM Center  का अध्यक्ष डा. बजरङ्गकुमार रौनियारले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई STEM Center  बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः Pathology Test, Radiology Test, Pharmacy, Dental tyf Ophthalmological products मा १५% सम्म छुट प्राप्त हुनेछ ।

सोही अवसरमा  STEM Center  बाट प्राप्त हुने  Pathology को १८९ भन्दा बढी त्यसैगरी  Radiology को ८१ भन्दा बढी Dental को ३७ भन्दा बढी  Test  लगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादेश्रेष्ठले  STEM Center सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।