• बैशाख २३ २०८३, बुधबार

बैठक कक्षमै कुटाकुट गर्ने अखिल क्रान्तिकारीका उपाध्यक्षसहित ९ जना निलम्बन

असार ६ २०७९, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले उपाध्यक्षसहित ९ जनालाई निलम्बन गरेको छ ।

हिजो (आइतबार) बसेको बैठकले उपाध्यक्ष पवन कार्कीसहित ९ जनलाई निलम्बन गरेको हो ।

आइतबार तीनकुनेस्थित एक ब्यांकेटमा बसेको बैठकमा उपाध्यक्ष पवन कार्कीको समूहसँग विवाद भएपछि विद्यार्थीहरुबीच कुटाकुट भएको थियो ।

बैठक कक्षमै विद्यार्थीहरुले आपसमा कुटाकुट गरेपछि उनीहरुलाई निलम्बन गरिएको छ ।

संगठन विरोधी गतिविधि गरेको भन्दै उनीहरुलाई अनिश्चितकालका लागि निलम्बन गरिएको अनेरास्वियु क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।