• बैशाख ३१ २०८३, बिहीबार

भीआईपी सवार हेलिकोप्टरमा दुई जना पाइलट अनिवार्य

असार ५ २०७९, आईतवार

काठमाडाैं  । भीआईपी सवार हेलिकोप्टरमा दुई जना पाइलट अनिवार्य गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आइतबार प्राधिकरणले नयाँ हवाई उडान सुरक्षाबारे ६ बुँदे निर्देशन जारी गर्दै भीआईपी सवार हेलिकोप्टरमा अनिवार्य दुई जना पाइलट राख्न अनिवार्य गरिएको हो ।

मौसमबारे जानकारी दिने स्वचालित विद्युतीय प्रणाली जडान गर्नुपर्ने निर्देशन दिएको छ । स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट राख्नसमेत निर्देशन दिइएको छ ।

यस्तै हेलिकोप्टर सञ्चालक कम्पनीले तीन वर्षभित्र पाइलट उत्पादन गर्ने, मंगलबारदेखि रात्री वेसमा जहाँ हेलिकोप्टर राखिएको छ, भोलिपल्ट सोही वेसबाट उडान गर्ने निर्देशन दिएको छ ।

यस्तै यही असार १३ देखि रात्री वेसमा राखिएका विमानले भोलिपल्ट सोही विमानस्थलबाट पहिलो उडान गर्नुपर्ने निर्देशन दिइएको छ ।