काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय मदिरालाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् ।
आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताएका हुन् ।
काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सि)लाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् ।