काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको छ । आज (आइतबार) दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको हो ।
उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिकाको बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ ।