• बैशाख २३ २०८३, बुधबार

संसदीय समितिको बैठकमा प्रधानमन्त्री नआएपछि एकाएक माधव नेपाल किन बाहिरिए ?

असार ५ २०७९, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिएका छन् ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम ९एसपीपी०का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिएका छन् ।

समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिएका हुन । समितिको बैठक भने जारी छ ।