• बैशाख २३ २०८३, बुधबार

पदीय भागबण्डा नमिल्दा रविन्द्र मिश्र राप्रपामा नजाने भए

असार ४ २०७९, शनिबार

काठमाडौं । रविन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने कार्यक्रम टरेको छ। राप्रपामा प्रवेश गर्नेगरि छलफल गरेका मिश्र पदीय भागबण्डा नमिल्दा तत्काललाई प्रवेश नगर्ने भएका हुन् ।

स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले लज्जास्पद हार व्यहारेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए । यसअघि पनि मिश्रले राप्रपासँग पार्टी एकताको लागि प्रयास गरेका थिए । तर, पदाधिकारीमा कुरा नमिलेपछि एकता रोकिएको थियो ।

सह अध्यक्ष दाबी गरेका मिश्रलाई राप्रपाका पाका नेताहरुले मिश्रलाई सहअध्यक्ष दिन नसक्ने अडान लिएपछि तत्काललाई मिश्रको राप्रपा प्रवेश कार्यक्रम रोकिएको हो । अहिले विवेकशील साझाका नेता तथा कार्यकर्ताहरु तितरवितर भएका छन् ।

वैकल्पिक राजनीतिको नेतृत्व गरेको विवेकशील साझाको नेतृत्वले नै विकल्प खोजिरहेको अवस्था छ ।