• बैशाख २३ २०८३, बुधबार

नेकपा (बहुमत)द्धारा कास्कीमा ९६ रोपनी जग्गा कब्जा, यस्तो छ कारण !

असार ४ २०७९, शनिबार

कास्की । पोखरा महानगरपालिका २१ फोक्सिङ्ग, पोख्रेलथोकमा रहेको करीब ९६ रोपनी जग्गा जालसाजी गर्दै भूमाफियाले आफ्नो कब्जामा लगेकोले विवादित जग्गा भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले कब्जा गरेको छ ।

वास्तविक किसानको समस्या समाधान नहुन्जेलसम्म उक्त जग्गा बिक्री वितरण तथा कुनै कामकार्य नगर्न सूचित सहित तत्कालिन गा.वि.स र विन प्रा.ली बिच २०५७ भदौ २६ मा भएको सम्झौता निर्धारित समयमा कार्यान्वयन नभएको भन्दै सम्झौता खारेज गर्न अपिल गर्दै जग्गा कब्जा गरिएको सो पार्टीले जनाएको छ ।

साविक निर्मलपोखरी गा.वि.स वडा नं ६ फोक्सिङ्ग हाल पोखरा–२१ पोख्रेलथोकमा रहेको जग्गामा तत्कालिन गा.वि.स, सम्बन्धित जग्गादाता र विन प्रा.लीबिच १४ बुँदामा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौता अनुरुप विन प्राईभेट लिमिटेडले जैविक कृषि फर्म, रिसोर्ट र अन्तर्राष्ट्रियस्तरको विद्यालय स्थापना गर्ने भनि सम्झौता गरिएको थियो ।

साथै उक्त सम्झौता अनुरुप विन प्राइभेट लिमिटेडले आफ्नो कार्य पाँच वर्षसम्म सञ्चालन नगरेमा हाल विन प्रा.लि कम्पनीले लिएको मूल्यमा नै जग्गा दाताहरुलाई फिर्ता गर्ने कुरामा सहमति सम्झौता भएको थियो । सहमति सम्झौता अनुसार उक्त कम्पनिले २१ वर्षसम्म कुनैपनि कार्य गरेको छैन ।

यस्तै जग्गा नियन्त्रणमा लिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पाँच बुँदे अपिल सहित आफ्नो पार्टीले जग्गा नियन्त्रण गरेको पर्चा सहित जग्गामा बोर्ड राखेको छ ।