काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी शुक्रबार बैंकक प्रस्थान गरेका हुन् । निजी भ्रमणका लागि थाइल्यान्डको बैंकक गएका हुन् ।
भ्रमणबाट कहिले फर्कने भन्ने कुरा टुंगो नलागिसकेको उनको सचिवालय स्रोतले जनाएको छ ।