काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री गोविन्द कोइराला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।
नागरिकता विधेयक सम्बन्धी छलफलका लागि बालकोट पुगेका कानून मन्त्रीसहित गृहमन्त्री खाँणले विधेयक द्रुत गतिमा अघि बढाउने सहमति खोज्दै बालकोट पुगेका हुन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गरिएको थियो । सरकारले बजेट पारित भए लगत्तै नागरिकता विधेयक संसद्मा लगेर द्रुत गतिमा पारित गर्ने योजना बनाएको छ ।