• बैशाख ३१ २०८३, बिहीबार

एसपीपीमा सहभागिताको लागि सेनाले पठाएको पत्र सार्वजनिक (पत्रसहित)

असार २ २०७९, बिहीबार

काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनको लागि पठाएको पत्र सार्वजनिक भएको छ ।

सेनाले विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरिरहेको बेला  बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।

सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत एलिना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनाका लागि सहयोग गर्ने विषयहरु उल्लेख छन् ।

उच्च सुरक्षा स्रोतबाट प्राप्त पत्रमा दुई मुलुकमा सुरक्षा निकायहरु बीचमा सहकार्य गर्ने बारेमा उल्लेख छ । केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उक्त पत्राचार भएको हो ।