काठमाडाैं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टीको सचिवालय बैठकले गरेको मन्त्री परिवर्तन गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले स्थायी कमिटीले सचिवालयको निर्णय अनुमोदन गरेको जानकारी दिए । मन्त्री रहेकाहरूलाई फिर्ता बोलाएर अन्य नेतालाई मन्त्री बनाउने एकीकृत समाजवादीको सचिवालयले गरेको उक्त निर्णय स्थायी कमिटीले अनुमोदन गरेको हो ।
स्थायी कमिटीले बजेट पारित भएलगत्तै मन्त्री फिर्ता बोलाउने र नयाँलाई मन्त्री बनाउने निर्णय गरेको हो ।