• बैशाख ३१ २०८३, बिहीबार

४ वर्षदेखि थन्क्याइएका ब्रुमर लगाएर काठमाडौंको धुलो सफा गर्दै मेयर बालेन

असार १ २०७९, बुधबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रियतामा बुधबारदेखि ५ वटा ब्रुमर पुनः सञ्चालनमा आएका छन् ।

यी ब्रुमर केही वर्षअघि नै भारतबाट ल्याइएका हुन् तर काठमाडौंमा धुलोको आतंक मच्चिँदा पनि तिनलाई प्रयोग गरेर धुलो हटाउन खासै चासो दिइएको थिएन ।

मर्मतपछि आजबाट पाँचवटा ब्रुमरहरुले काठमाडौं सफाइ गर्न थालेको शाहले जानकारी दिए । उनका अनुसार भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्नेछन् ।

वर्षायाम भएकाले केही असहजता भएपनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलो रहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगी सिद्ध हुने मेयर शाहको विश्वास छ ।