काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताको मस्यौदाप्रति आपत्ति जनाएको छ ।
बुधबार संसदमा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एसपिपी सम्झौताले नेपाल भूराजनीतिक द्वन्द्धमा फस्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीले ‘नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम हुनै पनि हालतमा स्वीकार्य हुँदैन। यो सम्झौता अघि बढेमा नेपालमा द्वन्द्वमा फस्नेछ। छिमेकी वा शक्ति राष्ट्रका आ-आफ्ना स्वार्थ र रणनीतिहरू हुन्छन्। उनीहरूको स्वार्थ साझेदार नेपाल बन्न हुँदैन।’
उनले भने, ‘हामी सबैका मित्र हौं । तर उहाँहरूका ग्लोबल स्ट्राटेजीहरू होलान्, ग्लोबल एजेण्डाहरू होलान्, उहाँहरूका ग्लोबल पार्टनरसिप होलान्। ‘सरी टु से हामी तपाईंहरूको त्यो ग्लोबल एजेण्डाको साझेदार बन्न सक्दैनौं भन्ने कुरा यदि यति पनि भन्न सक्दैन भने सरकारमा बसिरहने नैतिक हुँदैन।’