काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकी सेनाले नेपाली सेनासमक्ष राखेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई जवाफ दिनुपर्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले यस्तो माग गरेका हुन्। ‘एसपीपी सम्झौता के हो? कसको पालामा आयो ? एउटा पक्ष भन्छ असत्य हो। तर, पत्रपत्रिकाहरुमा सम्झौताका बुँदासहित समाचार आएका छन्’, उनले भने, ‘सेनाका प्रवक्तालाई सोध्दा योबारे मलाई केही थाहा छैन भन्छन्।’