• बैशाख २३ २०८३, बुधबार

राष्ट्रिय सभाको बैठक भोलि बस्ने

असार १ २०७९, बुधबार

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बुधबार) बस्ने भनिए पनि विशेष कारणले भोलि (बिहीबार) बस्ने भएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा हिजो (मंगलबार) जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख गरिएको छ ।

सूचनामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेको उल्लेख छ ।