• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तयारीबारे शंकाले नहेर्नुस् : परराष्ट्रमन्त्री खड्का

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शङ्काले नहेर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै परराष्ट्रमन्त्री नारायण खड्काले नेपालले अवलम्बन गर्दै आएको द्विपक्षीय भ्रमण तथा भेटघाट, स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राख्दै तय गरिने भन्दै त्यसमा शङ्का नगर्न आग्रह गरे ।

उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको छ, यो सरकारले लिएको नीतिका कारण हो। नेपालसँग १७६ देशसँग दैत्य सम्बन्ध कायम भएको छ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शङ्काका दृष्टिले नहेर्न आग्रह गरे। सम्बन्ध विस्तारका लागि भेटघाट र भ्रमण स्वाभाविक भएकाले त्यसलाई शङ्का गर्न नहुने उल्लेख गरे।

‘भेटघाटलाई शङ्काले नहेर्न आग्रह गर्दछु। यस्ता भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेलेको छ। विगतका वर्षमा यस्ता भ्रमण भएको थियो, यो भइरहन्छ भन्दै उनले अगाडि भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रताकालाई ध्यान दिएर भ्रमण हुन्छन्।’