• बैशाख २३ २०८३, बुधबार

गठबन्धनमा इमान्दारिता देखिएन : माधव नेपाल

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन्।

मंगलबारको स्थायी कमिटी बैठकमा आफ्नो प्रतिवेदन पेस गर्दै नेकपा एसका अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा गठबन्धनमा कांग्रेस र माओवादीले अनौठो व्यवहार देखाएको उल्लेख गरेका थिए।

उनले अबको निर्वाचनमा गठबन्धन नभए पनि चुनाव लड्नेगरी अघि बढ्नुपर्ने उनको धारणा छ। स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले दुई दल मिले अरू किन चाहियो ? भन्ने व्यवहार समेत देखाएको बताएका छन् ।