काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् । जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिले भनेको आधारमा करमा हेरफेर गरिएको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् ।
मंगलबार प्रतिनिधि सभामा एमालेले अर्थमन्त्रीको राजीनामा मागेको छ । साथै उसले संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।
छानबिन समितिबाट अर्थमन्त्रीलाई लागेको आरोप गलत सावित भएमा आफूहरू पछि हट्न तयार रहेको एमाले सांसद विशाल भट्टराईले बताए ।
पार्टीका तर्फबाट बोलेका उनले जेठ १४ गते रातिको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ल्याउन पनि माग गरे ।