• बैशाख २३ २०८३, बुधबार

गठबन्धनमा सम्मानजनक एकता नभएका कारण सोचेजस्तो नतिजा नआएको नेकपा (एस)को निष्कर्ष

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय चुनामा पाँच दलबीच सम्मानजनक एकता नभएको निष्कर्ष निकालेको छ ।

बैठकपछि नेता झलनाथ खनालले पाँचदलबीच सम्मानजनक एकता नभएकाले आउनुपर्ने परिणाम नआएको पार्टीको धारणा रहेको बताए ।

‘वास्तवमा पाँच दलको बिचमा जुन ढंगले हुनुपथ्र्यो त्यो ढंगले भएन । सम्मानजनक एकता भएन, त्यसकारण आउनुपर्ने परिणाम पनि आएन,’ उनले भने ।

आगामी दिनमा के गर्ने भन्नेबारे छलफल जारी रहेको उनले बताए ।