• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवा सैन्य सम्झौतामा सकारात्मक देखिएपछि अमरिकी कमाण्डर फिल्नले भने भ्रमण शानदार रह्यो

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण शानदार रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल टुइटर मार्फत् उनले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई धन्यवाद दिएका छन् ।

‘म नेपाली सेनाका प्रधानसेनापति जनरल शर्मालाई यस हप्ताको सानदार नेपाल भ्रमणका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु’, उनले मंगलबार ट्विटरमा भनेका छन्, ‘हामी हाम्रो दशकौँ लामो रक्षा साझेदारीको सम्मान गर्छौं । र, सहयोगका लागि भविष्यको अवसरका लागि प्रतीक्षारत छौँ ।’ अमेरिकी सेनाका वरिष्ठ अधिकारी फ्लिन गत बिहीबारदेखि आइतबारसम्म नेपालमा रहे ।


भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासँग भेटी नेपाली सेनासँगको सहकार्य अझ सुदृढ गर्न चाहेको बताएका थिए। प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँगको भेटमा उनले अमेरिकी सेनाले अघि बढाएको रणनीतिक महत्वको स्टेट पार्टनरसीप कार्यक्रम (एसपीपी) मा हस्ताक्षरका लागि पुनः आग्रह गरे। भेटका क्रममा देउवा सैन्य समझौता गर्ने प्रस्तावमा सकारात्मक देखिएपछि उनले खुसी व्यक्त गरेका हुन् । उनले नेपालको सकारात्मक सन्देश लिएर स्वदेश फर्किएका छन् ।

स्टेट पार्टनरसीप कार्यक्रम अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिको अंग हो। सैन्य रणनीतिमार्फत चीनलाई काउन्टर गर्न अमेरिकाले हिन्द प्रशान्त रणनीति ल्याएको बताइन्छ। विश्व महाशक्तिको दौडमा रहेको चीन नजिकको नेपाललाई उक्त रणनीतिमा सहभागी गराउन अमेरिकाले नेपाली सेनासँग स्टेट पार्टनरसीप कार्यक्रम अघि बढाउन चाहेको छ।