• बैशाख २३ २०८३, बुधबार

एमाले अनुशासन आयोगको बैठक जारी, अध्यक्ष ओलीको आलोचना गर्ने नेता घनश्याम भुसालमाथि कारबाही होला ?

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको बैठक सुरु भएको छ ।

केशवप्रसाद बडालको अध्यक्षतामा आज (मंगलबार) पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल गरिने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो क्षेत्रमा भए गरेका पार्टीको कामकारबाही र त्यस क्रममा देखा परेका समस्याहरुको छलफल तथा रिर्पोटिङ गर्नेछन् ।

अनुशासन समितिले यसअघि स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाहीको सिफारिस गरेको भए पनि यसबारेमा पार्टीभित्रै अन्योल सिर्जना भएको एमालेका एक केन्द्रीय सदस्यले बताए ।