• बैशाख ३१ २०८३, बिहीबार

बौद्धको एक होटलमा महिलामाथि सामूहिक बलात्कार, सञ्चालकसहित ४ जना पक्राउ

जेष्ठ ३१ २०७९, मंगलवार

काठमाडौं । काठमाडौंको बौद्धस्थित एक होटलमा महिलामाथि सामूहिक बलात्कार भएको छ ।

शनिबार राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजिनक भएको हो ।

ती महिलालाई बलात्कार गरेको आरोपमा होटल सञ्चालसहित ४ जना पक्राउ परेका छन् । उनीहरूलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

होटल सञ्चालकलाई मतियार र बाँकी तीन जनालाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी सुदीप गिरीले बताए ।

पक्राउ परेकालाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान सुरु गरिएको उनले बताए ।