• बैशाख २३ २०८३, बुधबार

भारतको गोवामा जसपा निकट प्रगतिशील नेपाली समाज समितिको भेला सम्पन्न

जेष्ठ ३० २०७९, सोमबार

लोकेन्द्र सेर्पाली, गोवा l प्रगतिशील नेपाली समाज समिति भारतको गोवा राज्य अन्तर्गत सत्तरी नगरमा भेला सम्पन्न भएको छ। प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय अध्यक्ष लोकेन्द्र सेर्पालीको विषेश उपस्थिति र सो संगठनका गोवा राज्य समिति सचिव अर्जुन कार्कीको विषेश पहलमा भेला सम्पन्न भएको हो । भलाले अमित चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको छ ।
जसको उपाध्यक्षमा केसव वली , उपाध्यक्ष आलोक चौधरी , सचिव प्रबिन वली, सहसचिवमा विजय शाही, कोषाध्यक्षमा सुरज चौधरी र सदस्यहरुमा राजु डाँगी, निरज खत्री, प्रकाश मल्ल , बाल्मिक थारु, राजेश, थारु, शिव पौडेल, प्रकाश नेपाली, विशाल विश्वकर्मा, संदेश पौडेल, रोहित चौधरी, प्रकाश कर्की, बुद्धि पुनमगर, जीवन थारु रहेका छन्। भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लोकेन्द्र सेर्पालीले, भारत प्रवासमा रहेका नेपालीहरुको हकहितको लागि आफ्नो संगठन हिजो देखि आजसम्म निरन्तर आवाज उठाई रहेको बताए । उनले प्रवास भारतमा बस्ने नेपाली र अन्य देशमा बस्ने नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा नेपाल सरकारको फरक रहेको बताए l तर देश विकासमा भारतमा बस्ने नेपालीहरुको पनि उतिकै भूमिका रहिआएको पनि बताए ।
कार्यक्रममा संगठनका गोवा राज्य सचिव अर्जुन कार्कीले नवगठित कार्यसमितिलाई बधाई र शुभकामना दिएका थिए । साथै विभिन्न संग संगठनबाट दुई दर्जन नेता कार्यकर्ताले जसपा निकट प्रगतिशीलमा प्रवेश गरेका थिए।