• बैशाख २३ २०८३, बुधबार

विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीको कार्यालय घेराउ

जेष्ठ ३० २०७९, सोमबार

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमवार एमसीसीको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

याक एण्ड यतिमा रहेको एमसीसीको कार्यालय घेराउ गर्दै नेकपाका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका थिए ।
नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती भन्दै खारेज हुनुपर्ने माग राख्दै उनीहरूले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै विरोध प्रदर्शन गरेका हुन् ।