• बैशाख २३ २०८३, बुधबार

एमाले अध्यक्ष ओली र नारायणकाजीबीच भलाकुसारीमा के-के भयो ?

जेष्ठ ३० २०७९, सोमबार

काठमाडौं । स्थानीय तहको निर्वाचन परिणामपछि नेकपा एमाले र माओवादी केन्द्रबीच नजिकिने प्रयास शुरु भएको छ । गठबन्धन दलबीच देखिएको विवादकाबीच माओवादी र एमाले संवाद मार्फत एक नजिकिएका छन् ।

आइतबार मात्रै माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमाले अध्यक्ष ओली निबासमा भएको डेढ घण्टा लामो भेटवार्तामा दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको स्रोतले बतायो । उनी माओवादी अध्यक्ष प्रचण्डको अनुमति लिएर ओली भेट्न गएको स्रोतले जनाएको छ। एमाले र माओवादीबीच सम्बन्धसुधारका लागिः श्रेष्ठ ओली निवास पुगेका हुन् ।