• बैशाख ३१ २०८३, बिहीबार

बारामा मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु

जेष्ठ ३० २०७९, सोमबार

बारा । बाराको महागढीमाई नगरपालिका–८ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकल थलही पुलबाट अनियन्त्रित भई अन्दाजी २५ फिट तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राती सवा ११ बजे मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ ।

बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराती साढे १० बजे थलही पुलबाट तल खसेको थियो ।