काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।
हिजो (आइतबार)को बैठकले केन्द्रीय सचिवालयका लागि चार वटा एजेन्डा तय गरेको थियो ।
निर्वाचनको समीक्षासँगै स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थितिका एजेन्डामा छलफल उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए ।
केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने गरी एजेन्डा तय गरेको हो ।
त्यस्तै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने भएको छ ।
केही हप्ता पहिले एमाले अध्यक्ष केपी केपी शर्मा ओलीको आलोचना गरेका नेता घनश्याम भुसालमाथिको कारबाही बारे बैठकमा केही खुलाइएको छैन ।
यसअघि नै पार्टीको अनुशासन विभागले भुसाललाई कारबाहीका लागि फिसारिस गरिसकेको छ ।