• बैशाख २३ २०८३, बुधबार

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा ८ सांसदले बजेटबारे उठेका प्रश्नको जवाफ दिने

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । प्रतिनिधिसभाको भोलि सोमबार बस्ने बैठकमा आठ जना मन्त्रीले विनियोजन विधेयक (बजेट) २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

संसद सचिवालयका अनुसार सोमबारको बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

सोमबारको बैठकमा कानुन, युवा, श्रम, वन, सहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसुची सचिवालयले सार्वजनिक गरेको छ ।