भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको हत्या आरोपमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ । घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए ।