• बैशाख २३ २०८३, बुधबार

बाजुराको बुढीगंगा नगरपालिकाको चुनाव अझै अनिश्चित, निर्वाचन आयोग के भन्छ ?

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन देशका सबै पालिकामा सम्पन्न भएको छ ।

तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने हालसम्म हुन सकेको छैन ।

छिट्टै चुनाव गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

तर, अहिलेसम्म त्यहाँ निर्वाचन गराउने विषयमा टुंगो भने लागेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक–पटक सर्वदलीय बैठक बसालेर छलफल गराए पनि मिति घोषणा हुन सकेको छैन ।

त्यहाँका राजनीतिक दलहरुले असार पहिलो साताभित्रै निर्वाचन गराउने समझदारी गरेको छ ।

तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति घोषणा गरेको छैन ।

उसले निर्वाचन कहिले गराउने भन्ने विषमा आधिकारिक जानकारी दिएको छैन ।

बाजुराको बुढीगंगा नगरपालिकामा बैशाख ३० मा भएको निर्वाचनमा सुरक्षा कमजोर भएपछि मतदान प्रभावित भएको भन्दै निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ ।