काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी (एमाले)बाहेक अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकिर समेत गरे ।
राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भनेपनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउदै एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरु नभएको पनि अध्यक्ष ओलीले बताए ।
उनले एमाले बाहेक अन्य दलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ भनेको सुन्नु भएको छ ? भनि प्रश्न समेत गरे ।