• बैशाख २३ २०८३, बुधबार

प्रशासन मन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपातको प्रयास

जेष्ठ २६ २०७९, बिहीबार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमाथि हातपात प्रयास भएको छ ।

सिंहदरवारस्थित मन्त्री श्रेष्ठको कार्यकक्षमै पुगेर जसपाका सांसद रामबाबु यादवले टेबुल ठोक्दै हातपातको प्रयास गरेका हुन् ।

सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै टेबुल ठोक्दै मन्त्रीमाथि जाई लागेका हुन् । टेबुल ठोक्दै उठेपछि उनका पिए र पिएसओले बचाउ गरेका थिए ।

मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले भने मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए ।