काठमाडौं । भारतको गोवामा सुर्खेत लेकबेसी (साविक–४) का ३९ वर्षका रामबहादुर दमाई र सोही ठाउँकै सीता नेपाली बेपत्ता भएका छन् ।
गत मई १८ तारिखको कोठाबाट काममा हिंडेका रामबहादुर र सीता अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनी दुबैको खोजिकार्यको लागि गोवा प्रहरीलाई रिपोर्ट दर्ता गराएको तर अहिलेसम्म अत्तोपत्तो नभएको उनीहरुका अभिभावक धनबहादुर दमाई बताए ।
केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतको गोवामा परिवार सहित बस्दै आएका रामबहादुरका श्रीमती विष्णु परियार र दुई छोरी एक छोरा छन् । उनी गोवाको प्रभोरिममा बस्दै आएका थिए ।
उनी दुबै जनालाई खोजिकार्य गरिदिन गोवामा भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी र विभिन्न संघसंस्थाहरुलाई श्रीमती विष्णु नेपालीले अनुरोध गरेकी छन् ।
यतिखेर रामबहादुरको परिवारिक अवस्था अत्यन्तै दयनीय छ । रामबहादुरसित हराएकी सीता नेपालीले ४ वर्षको छोरी पनि साथमा लगेको भन्ने खबर छ । उनीहरु दुबैजना गोवामा हाउस किपिङको काम गर्दै आएका थिए ।
विगत केही वर्षदेखि गोवामा विभिन्न कारणले यस्ताखाले घटनाहरु घटिरहेको जानकारी संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा बताउँछन् । उनी दुबै जनाएको खोजिकार्य भैरहेको प्रकाश थापाले बताए ।