• बैशाख २८ २०८३, सोमबार

वर्षातका कारण काठमाडौं अवतरण हुनुपर्ने दुई विमान दिल्ली ‘डाइभर्ट’,अन्य आकाशमै होल्ड

जेष्ठ २५ २०७९, बुधबार

काठमाडौं ।   वर्षाका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् ।

काठमाडौंमा विमान अवतरण हुन नसकेपछि  विमानहरु आकाशमै होल्ड गराइएको छ । भारतको दिल्लीबाट काठमाडौंका लागि आएका दुई वटा विमान दिल्ली नै ‘डाइभर्ट’ भएका छन् । विस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ ।