• बैशाख २८ २०८३, सोमबार

काठमाडौंको खोलाले चालकसहित मोटरसाइकल बगाएपछि….

जेष्ठ २५ २०७९, बुधबार

काठमाडौं । काठमाडौंको खोलाले चालकसहित मोटरसाइकल बगाएको छ ।

लाजिम्पाटस्थित निल सरस्वतीस्थानबाट टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगाएको हो ।

वर्षाका कारण नदिमा बहाव बढ्दा बागमती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल चालकसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

बगाएको मोटरसाइकल फेला नपरेको प्रहरीले जनाएकाे छ भने धापासी घर भएका २१ वर्षका मोटरसाइकल चालक सुरज अर्याललाई सकुशल उद्दार गरिएको छ ।